लुम्बनी प्रदेशको राजधानीको काम टुङ्गाउँन मुख्यमन्त्री केसी द्वारा प्राधिकरण प्रमुख लाई निर्देशन
बुटवल असोज २४ गते । लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा बन्ने सम्पर्ण संरचनाको डिपिआरको कामलाई टुङ्गाएर कार्यन्वयनमा लिनका लागि नव नियुक्त प्रदेश प्राधिकरणका नब नियुक्त कार्यकारी अनन्तराज घिमिरेलाई निर्देशन दिनुभएको छ ।
आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै यस्तो निर्देशन दिनुभएको हो । लुम्बिनी सरकारका पहिलो प्राथमिकता स्थायी राजधानीका संरचना निर्माणले जति छिटो सफलता पायो त्यति छिटो नै प्रदेश सरकारको काम परिणाममुखि हुने गरी दिन सकिने बताउनुभयो । मुख्यमन्त्री कुलप्रसाद केसीले भन्नुभयोः–“हाम्रो सबैभन्दा महत्पूर्ण कार्यभार भनेको स्थायी राजधानी निर्माणको विषय हो, त्यसको संरचना अनुसार तपाईले छिटो र छरिटो रुपमा परिणाम दिने गरि काम गर्नुहोस, कामको मुल्याङ्कन प्रदेश सरकारले गर्दछ, प्रदेश राजधानीका संरचना र सरकारी अन्य सरचना पनि त्यही प्राधिकरण माफर्त भयो भने अन्य डिपिआर गर्ने कम्पनीहरुलाई दिने पैसा त घट्छ, त्यो हाम्रो प्रदेश सरकारको आम्दानी पर्दछ ।”
करिव १ वर्षदेखि जनताको जमिन किनबेचमा रोकेकोलाई अब जसरी भए काम शुरु गरी जनतालाई विश्वास हुने गरी काम गरिने बताउँदै मुख्यमन्त्री केसीले प्रदेश सरकारबाट सञ्चालन गौरवको आयोजनाका समेट डिपीआर गरी सरकारले लिएको रणनैतिक योजनालाई समयमै सम्पन्नताका लागि निर्देश गर्नुभयो ।









