काठमाण्डौ-इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ ।
आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो । जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।











