पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण

प्रकाशित मिति:

पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस अवधिमा नौ सय १० जना संक्रमणमुक्त भएका छन् । सात हजार ६० वटा पीसीआर परीक्षण गर्दा ६९१ र दुई हजार पाँच सय ५९ एन्टिजेन परीक्षणमा एक सय एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । नौ सय १० जना भने निको भएर घर फर्केका छन् ।