यसरी बनाउन सकिन्छ थरीथरी परिकार

प्रकाशित मिति:

घरमै घोर्ले खसी ढालेपछि मासुको चिन्ता भएन । त्यसको अनेक परिकार बन्छ । पक्कु छुटै, भुटुवा छुटै, आन्द्रा-भुँडीको छुटै परिकार । कबाब बनाए भो, सेकुवा बनाए भो । साँधेर खाए हुन्छ, उसिनेर खाए हुन्छ । दशैंमा खसी खानेले खसी, नखानेले राँगा । राँगा नचल्नेले हाँस । हाँस नरुचाउनेले कुखुरा । कुकुरा स्वाद नलाग्नेले बंगुर । बंगुरमा स्वाद नभिजेकाहरुले माछा । मासुजन्य परिकारमा यस्ता विकल्प कति छन्, कति । जति धेरै विकल्प, उति धेरै भेराइटी पनि । हाँसको छोइलादेखि बंगुरको सेकुवासम्म, माछाको करीदेखि कुखुराको फ्राईसम्म । दशैंमा मासुको परिकारकै बाहुल्य रहन्छ, जसरी तिहारमा मीठाईको हुन्छ । सेलरोटीको हुन्छ ।

अहिले आयतित मासुको पनि ठूलो बजार छ । त्यसमा समुन्द्री खानादेखि अस्ट्रिजसम्म छन् । हाम्रो मेनुमा नयाँ नयाँ स्वाद थपिदै गएको छ । दशैं भनेर पक्कुमै मात्र रमाउनुपर्छ भन्ने छैन, चिकेन चिल्ली बनाएर खाए हुन्छ ।पूर्ण परिकार हुन् । दशैंमा मासु खानैपर्छ भन्ने छैन । स्वाद नलाग्नेले सागसब्जी, गेडागुडीदेखि दुधजन्य परिकारबाट आनन्द लिन सक्छन् । अतः यहाँ दशैंमा घरमै पकाउन सकिने परिकारको रेसेपी दिइएको छ । दशैंमा यसरी बनाउनुहोस् भेज र ननभेज परिकार-दशैं ‘मीठो’ खाने पर्व । तर, सधै एकैनासको परिकारलाई जिब्रोले त्यती रुचाउँदैन । त्यसैले भान्सामा केहि नयाँ प्रयोग गर्न सकिन्छ । यसका लागि अतिरिक्त सामाग्रीको जोहो गर्नु पर्दैन । समय पनि धेरै खर्च गर्नु पर्दैन । सरल विधीबाटै परम्परागत भन्दा भिन्न स्वादको परिकार तयार गर्न सकिन्छ ।

भेज रेसेपी-स्विट कर्न बल-दशैंमा भेजिटेरियनको लागि विकल्प कम हुने गर्छ । माछामासु नखानेका लागि कस्तो परिकार बनाउने त ?स्विट कर्न बल । यो स्वादिलो र सजिलो परिकार हो । घरमै बनाउन सकिन्छ । धेरै मरमसला आवश्यक पर्दैन । हाम्रो भान्सामा उपलब्ध प्याज, लसुन, अदुवा, खुर्सानी आदि प्रयोग गर्न सकिन्छ । स्विट कर्न बल खासगरी बच्चाको लागि उपयुक्त परिकार हो । चाडबाडमा हाम्रो भान्सामा पाक्ने अधिकांश परिकार बालमैत्री हुँदैनन् । स्विट कर्न बल भने बच्चाका लागि रुचीकर र स्वदिष्ट हुनसक्छ । यसलाई स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ ।

आवश्यक सामाग्री

१. दुधे मकै अर्थात स्विट कर्न (सुपरस्टोरहरुमा किन्न पाइन्छ)

२. मरिचको धुलो

३. लसुन (मसिनो काटिएको)

४. प्याज (मसिनो काटिएको)

५. अदुवा (मसिनो काटिएको)

६. खुसार्नी (मसिनो काटिएको)

७. मैदा

८. कर्नफ्लोर

९. पनिर (मसिनो काटिएको)

१०. नुन

११. ब्रेड (धुलो बनाएको)

कसरी बनाउने ? आवश्यक सामाग्री जुटाइसकेपछि यसलाई बनाउनका लागि मिहेनत गर्नुपर्दैन । स्विट कर्नलाई मसिनो टुक्राउने । अब त्यसमा अदुवा, लसुन, प्याज, खुर्सानी, पनिर, नुन, मरिचको धुलो हालेर राम्ररी मिक्स गर्ने । उक्त मिश्रणलाई हातले गोलाकार बनाउने । स–सना आकारमा बनाएपछि मैदामा राख्ने । त्यसपछि ब्रेडको धुलोमा बाहिरबाट राखेर तेलमा तार्ने । जब यो रातो हुन थाल्छ, तब निकाल्नुपर्छ ।

कसरी सर्भ गर्ने ? स्विट कर्न बललाई मेयोनिज र टोमेटो केचपको मिश्रणसँग सर्भ गर्न सकिन्छ । यसलाई स्न्याक्सको रुपमा सेवन गर्दा राम्रो हुन्छ ।-ननभेज रेसेपी-मटन चपली कबाब-दशैंमा बढी स्वाद लिइन्छ, मटनको । हरेकजसोको भान्सामा मटन अर्थात खसीको मासु हुन्छ । अक्सर खसी पक्कु, फ्राई खाने गरिन्छ । यसमा भिन्न स्वाद ल्याउनका लागि मटन चपली कबाब राम्रो बिकल्प हुनसक्छ । यो घरमै भएको मरमसला प्रयोग गरेर बनाउन सकिन्छ । बनाउनका लागि धेरै समय लाग्दैन ।

आवश्यक सामाग्री

१. हड्डी नभएको मासुको किमा

२. अदुवा (चप गरिएको)

३. लसुन (चप गरिएको)

४. खुर्सानी– (चप गरिएको)

५. हरियो धनिया

६. नुन

७. जिरा धुलो

८. धनिया धुलो

९. करी पाउडर

१०. मीट मसला

११. प्याज (चप गरिएको)

१२. कसुरी मेथी

१३ कागति रस

१४. बटर (फ्राइ गर्नका लागि)

कसरी बनाउने ? मटन किमामा अदुवा, लसुन, प्याज लगायत सबै मरमसला हालेर राम्ररी मिक्स गर्ने । त्यसलाई स–सना रोटी जस्तै आकारमा बनाउँने । अब प्यानमा बटर हालेर तताउने । उक्त बटरमा मटन चपलाई डिप फ्राइ गर्ने । कसरी सर्भ गर्ने ? मटन चपली कबाबलाई स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ । यसका लागि घरमै पुदिनाको पेस्टको अचार बनाउन सकिन्छ । त्यसका लागि पुदिनाको पेस्ट, दही, कालो नुन, चार्ट मसला, खुसार्नी धुलो आवश्यक हुन्छ । पुदिनाको पेस्टमा बाँकी चिज राम्ररी मिक्स गरेर उक्त अचारसँग मटन चपली कबाब सेवन गर्न सकिन्छ ।@onlinekhabar

थप समाचार