नेपालमा हालसम्म ६४ लाख ६९ हजार १५९ जनालाई कोभिड–१९ विरुद्ध पूर्ण खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यो भनेको कुल जनसंख्याको २९ दशमलव सात प्रतिशत हो । यस्तै, ८३ लाख ८८ हजार ४०२ जनालाई कोभिडविरुद्ध पहिलो डोज खोप दिइएको छ । त्यो भनेको कुल जनसंख्याको ३८ दशमलव ६ प्रतिशत हो ।नेपालमा अहिले १३ हजार तीन सय आठजना सक्रिय संक्रमित छन् ।









