बम बिस्फोट हुँदा दुई घाईते

प्रकाशित मिति:

सिरहा मंसिर २३

सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ । भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं। ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् । बिस्फोटमा स्थानीय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारका भैरहेको छ ।

गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।