वालिङ : स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिवार सिद्र्धाथ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक अर्जुन बिकले जानकारी दिनुभयो ।
उहाँका अनुशार जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जना मध्यम घाईते भएकाछन् । एक जनाको अवस्था सामान्य रहेको छ ।घाईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।जीप सडकदेखि १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।









