भ्रष्ट्राचार नै समाज

प्रकाशित मिति:

डी. आर. बन्जाडे  \ भ्रष्टाचारले देशका सम्पूर्ण क्षेत्रहरु पूर्ण रुपमा प्रभावित भएकोले देशमा समृद्धिका कुरा व्यवहारमा देखाउन कठिन हुने कार्यक्रमका बत्ताहरुले बताएका छन् । भ्रष्टाचार नगदमा मात्र नभई सोचमा भएकोले सवैभन्दा पहिला सोचमा परिर्वतन गर्नु पर्नेमा जोड दिइएको हो ।  अन्तराष्ट्रिय भष्ट्राचार विरुद्धको दिवसको अवसरमा आज बुटवलमा आयोजना गरीएको भ्रष्टाचार विरुद्धको ऐक्यवद्धता हाम्रो प्रतिवद्धता विषयक छलफल तथा अन्तर सम्वाद कार्यक्रममा बोल्ने बत्ताहरुले मुलुक संचालनको मुख्य संयन्त्र राजनीति नै भ्रष्टाचारको मुल जड भएको बताएका हुन् ।  कार्यक्रममा बोल्दै प्रदेश नम्वर पाचका सभामुख पूर्ण वहादुर घर्तीले भ्रष्टाचार अन्तराष्ट्रिय रोगका रुपमा फैलिएको भन्दै यसलाई समयमा निराकरण गर्न नसके देश नै सखाप हुने खतरा औलाउनुभयो । उहाँले राजनीतिक रुपमै प्रतिवद्धता भइरहे पनि व्यवहारमा त्यसको अभाव देखिएको बताउनुभयो । नीति नियमहरुको पूर्ण कार्यन्वयन हुन नसक्नु पनि भ्रष्टाचार भएको भन्दै सभामुख घर्तीले भ्रष्ट आचार त्याग्न नसक्नु नै मुल समस्या भएको बताउनुभयो ।

प्रदेश नम्वर पाचका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले भ्रष्टाचार न्यूनीकरणका लागि समाजको निगरानी आवस्यक रहेको बताउनुभयो । भ्रष्ट आचारण भएकाहरुलाई समाजले बहिष्कर गर्न सके मात्र भ्रष्टाचार कम हुने बताउनुभयो ।
प्रदेश नम्वर पाचका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले भ्रष्टाचार नेपालका राजनीतिक दलहरुबाट नै सुरुवात भएको प्रश्ङग जोठ्दै ०४८ साल पछि संस्थागत भ्रष्टाचार सुरु भएको बताउनुभयो ।  प्रदेश पाचका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले आफूले भ्रष्टाचार जन्य कार्यमा संलग्न नहुने तथा कार्यरत रहेको क्षेत्रमा समेत भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भ्रष्टाचार भए गरेको पाएमा किटानीका साथ उजुरी दिने बानीको विकास भएमा पनि भ्रष्टाचार न्यूनीकरणका लागि सघाउ पुग्ने बताउनुभयो ।  पारदर्शी सरोकार समूहका अध्यक्ष महेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, मानवअधिकार आयोगका पवन भट्ट, उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, उद्योगी कृष्ण पराजुली, गोपाल ज्ञवाली, इन्सेक प्रतिनिधी रिमा विसी, लेखक गणेश उचैलगाएतले बोल्नुभएको थियो ।