आज देशभर वर्षाको सम्भावना

प्रकाशित मिति:

जल तथा मौसम विज्ञान विभागले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले मंगलबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने विभागले जनाएको छ।

मंगलबार बिहान पनि देशैभरको मौसम बदली भई पानी परिरहेको छ। यो क्रम दिनभर जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ।दिउँसो पनि देशभर मौसम बदली रहने छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।