रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहद्धारा दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा शुभकामना
२७ असोज,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेद्धारा २०७८ सालको शुभ बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको औचित्य र सन्दर्भबारे जानकारी गराउदै रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के।सी।ले रुद्रपुर सामुदायिक बनले लिएका योजनाहरु साकार पार्न उपचोक्ता र बिभिन्न संघ संस्थाहरुबाट भएको सहयोग र सल्लाह निकै महत्वुपुर्ण रहेको बताउनु भयो । अध्यक्ष के।सीले आगामी दिनमा रुद्रपुर सामुदायिक बनलाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्न बनाइएको गुरुयोजनालाई मुर्तरुप दिन स्थानिय सरकारको रुपमा रुहेको कञ्चन गाउपालिकाले आवस्यक सहयोग गर्न र प्रदेश तथा संघिय सरकार समक्ष समन्वय गरिदिन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा उपस्थित सामुदायिक बनका उपभोक्ता, बिभिन्न राजनैतिक दलका प्रतिनधि,संघसंस्थाका प्रतिनीधि र समूहका पदाधिकारीहरुलाई शुभ बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले समृद्ध कञ्चन निर्माण गर्नमा कञ्चनवासीको अतुलनिय सहयोग प्राप्त भएको उल्लेख गर्नु भयो । कञ्चनका अधिक्तम कृषि क्षेत्रमा सिंचाईको प्रबन्ध गरिएको र हरेक गाउपालिका भित्रका हरेक सडकहरुलाई स्तरउन्नती गर्दै कालोपत्रे बनाउनमा कञ्चनका उपभोक्ताहरुको लागत सहभागिताको भुमिका निकै महत्वपुर्ण भएको समेत अध्यक्ष क्षेत्रीले बताउनु भयो । अध्यक्ष क्षेत्रीले बिभिन्न संघ संस्थाहरुको भवन तथा संस्थागत बिकास गर्नमा गाउपालिकाले सहयोग उपलब्ध गराइएको बताउनु भयो ।कञ्चनको खेलकुदको बिकासमा समेत गाउपालिकाले ठूलो खर्च गर्दै आएको बताउदै अध्यक्ष क्षेत्रीले रुद्रपुर सामुदायिक बनलाई कञ्चनको मुख्य पर्यटन क्षेत्रको रुपमा बिकास गर्न गाउपालिकाले सहयोग गर्ने बताउनु भयो । रुद्रपुर सामुदायिक बनमा हुने चोरी तस्करी नियन्त्रण गर्न उपभोक्ता र सुरक्षा प्रशासनको भुमिका महत्वुर्ण हुने भएकोले उपभोक्ताहरुलाई बनको महत्व र आवस्यकताबारे जनचेतना कार्यक्रमलाई पनि निरन्तरता दिदै जानु पर्ने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले कञ्चनको समग्र बिकासमा सामुदायिक बनहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । सामुदायिक बनलाई उपभोक्ता मैत्री र उधमशिलतामा जोड दिनु पर्ने बताउदै उपाध्यक्ष तरामुले सामुदायिक बनमा आय आर्जन मुलक कार्यक्रमहरुमा महिला उपभोक्ताहरुलाई सहभािगता बनाई महिलाहरुको उधमशिलताको बिकास गर्न सके उनिहरु आत्म निर्भर बन्नमा सामुदायिक बनको महत्वुर्ण भुमिका रहने समेत उल्लेख गर्नु भयो । उपाध्यक्ष तरामुले यदि कञ्चनको पर्यटनको बिकास गर्ने हो भने कञ्चनका सामुदायिक बनहरुलाई फरक फरक बिशेषता सहित पर्यटन क्षेत्रको बिकास गर्न आवस्यक रहेको बताउनु भयो ।कञ्चन गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले रुद्रपुर सामुदायिक बनलाई ध्यान तथा योग केन्द्रको रुपमा बिकास गर्न सके बुढो र ढलेका रुखहरुको आश गर्नु नपर्ने बताउनु भयो । ब्यबस्थित रुपमा बाल उधान,ध्यान केन्द्र, बनक्षेत्रको अध्ययन स्थलको रुपमा बिकास नगरे एक बनमा भएका सबै रुखहरु सकिने र ठूलो बिपत्ती निम्त्याउने समेत बताउदै वडा अध्यक्ष अधिकारीले पर्यटन बिकास गर्ने उद्धेशयले निर्माण भएको बिस्तृत गुरुयोजनालाई यथासक्य कार्यान्वयन तर्फ सबैको ध्यान जानु पर्ने सुझाव दिनु भयो ।
नेकपा एमाले कञ्चनका अध्यक्ष भरतमणी सापकोटाले रुद्रपुर साुमदायिक बनको संरक्षणमा उपभोक्ता र समूहका पदाधिकारी तथा सदस्यहरुबाट उल्लेख्य भुमिका भएपनि सुरक्षा संयन्त्रबाट बेवास्ता भइरहेकोमा दुखेसो ब्यक्त गर्नु भयो । यस्तै नेपाली कांग्रेस कञ्चनका सभापति देबिराम रेग्मीले सामुदायिक बनको बिकास र संरक्षणमा कञ्चनका हरेक राजनैतिक दलहरुको सकरात्मक भुमिका खेल्दै सहयोग र सल्लाह हुदै आइरहेको बताउनु भयो । यसैगरी राष्ट्रिय जनमोर्चा,कञ्चनका अध्यक्ष लिलाराम खनालले सामुदायिक बनबाट प्राप्त हुने हरेक सुबिधाहरु समानुपातिक ढंगले बितरण गरिनु पर्ने र सबैलाई बन प्रतिको अपनत्व बनाउनु पर्नेमा जोड दिनु भयो ।कार्यलय सचिव तुलसी प्रसाद अधिकारीको संचालन तथा समूहका अध्यक्ष नाम बहादुर के।सी।को अध्यक्षतामा सम्पन्न कार्यक्रम समूहको कार्यलय भवनमा भएको थियो ।











