जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

प्रकाशित मिति:

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको रहेका छन्। उनीहरुको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो।प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट आएका जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।