प्रधानसेनापति–अस्ट्रेलियन राजदूत भेटवार्ता

प्रकाशित मिति:

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जन भल्कले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

जंगीअड्डास्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त शिष्टाचार भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ।

नेपाली सेनाले यस भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको जनाएको छ।