गत साता आएको बेमौसमी झरीका कारण कञ्चनमा ८० प्रतिशत धानवाली पुर्ण रुपमा क्षति

प्रकाशित मिति:

५ कार्तिक , कञ्चन-केही दिन अघि परेको अबिरल बर्षापछि आएको बाढी र पहिरोले खेतमा रहेका बालीनाली सबै नष्ट गरेको छ । बेमौसमी बर्षाले निम्त्याएको यो आपत्तीले यतीबेला किसान निकै मारमा परेका छन । कतीको त बर्षभरी खाने धानखेती नै बाढीले बगाएर लगेको छ भने कतीको बारीमा सुकाउन राखिएका धान सबै उम्रिएको अवस्था रहेको छ भने कसैको नकाटेको धान हावाहुरीले ढलाएर कुहिएको अवस्था रहेको छ ।

यसैबिच रुपन्देहीको कञ्चन गाँउपालिकामा भने पनि बेमौसमी बर्षाले करिब ८० प्रतिशत धान खेती पुर्ण रुपमा क्षति भएको कञ्चन गाउपालिका कृषि बिकास शाखाका प्राबिधिक राम प्रसाद अधिकारीले प्रारम्भिक जानकारी दिनु भएको छ। कञ्चन गाँउपालिकामा जम्मा ४ हजार ६ सय ८० हेक्टर जमिन खेतीयोग्य रहेको छ ।उक्त खेतीयोग्य जमिन मध्ये कञ्चनमा ४ हजार ९५ हेक्टर क्षेत्रफलमा धानबाली लगाईएको थियो । जसमा किसानले २० प्रतिशत मात्र धानबाली स्याहार्न भ्याएका थिए ।कञ्चन गाउपालिका कृषि बिकास शाखाका प्राबिधिक राम प्रसाद अधिकारीका अनुसार २ यस ५ हेक्टर जमिनमा लगाईएको धान मात्र किसानले स्याहार्न भ्याएका छन भने बाँकी धानबाली बेमौसमी बर्षाले तहसनहस पारेको छ। १ हजार ६ सय ३८ हेक्टर क्षेत्रफलमा लगाईएको धानबाली ढलेर क्षती भएको छ भने ६ सय १४ हेक्टर क्षेत्रफल काटिएको धान डुबाएर क्षती भएको कृषि बिकास शाखा कञ्चनका कृषि प्राबिधिक अधिकारीले जानकारी दिनुभएको छ ।

धानको उत्पादन प्रतिहेक्टर ३।५ मेट्रिक टन हुन्छ, भने सामान्यतया प्रति क्विन्टल रु २५०० र प्रति मेट्रिक टन रु २५००० पर्दछ । यस बर्ष धानको उत्पादन बृद्धि हुने अपेक्षा गरिएपनि लगातारको झरीले उत्पादन भएको धानबाली नै सखाप पारेको हो । बेमौसमी बर्षाले अन्य लगाईएका गँहुखेती, आलु खेती, तोरी र तरकारीबालीमा पनि असर पुर्याएको छ ।