टी–२० विश्व कप : श्रीलङ्काले बङ्गलादेशलाई हरायाे

प्रकाशित मिति:

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ को आज भएको पहिलो खेलमा श्रीलङ्काले बङ्गलादेशलाई पाँच विकेटले हराएको छ ।शारजाह क्रिकेट मैदानमा बङ्गलादेशले दिएको एक सय ७२ रनको लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर सात बलअघि नै भेटायो । श्रीलङ्काका लागि चरिता असलङ्काले अविजित ८० रन बनाए । यस्तै भानुका राजपाक्क्षाले ५३ रन बनाए । बलिङतर्फ बङ्गलाका नसुम अहमद र शाकिब अल हसनले दुईरदुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा चार विकेट गुमाएर एक सय ७१ रन बनायो । बङ्गलादेशका लागि मोहम्मद नइमले ६२ रन बनाए । त्यस्तै मुशफीकर रहीमले अविजित ५७ रन बनाए । बलिङतर्फ श्रीलङ्काका चमिका करुनारत्ने, विनुरा फर्नान्डो र लाहिरु कुमाराले एक–एक विकेट लिए ।

आज नै दोस्रो खेलमा भारत र पाकिस्तानबीच खेल हुँदैछ ।