गतिशिल संगठन र पार्टी निर्माणको लागि अध्यक्षको उम्मेद्धारी : सुरेन्द्र श्री

प्रकाशित मिति:

समग्र स्थानिय तह तथा पालिकाहरुमा नेकपा एमालेको अधिबेशनको चटारो तातिरहेको छ। यसैबीच, रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा नगरको अधिबेशन यात्रा पनि अगाडी बढ्दै गर्दा विभिन्न पदीय उम्मेद्वारी अहिले सबैको मन मस्तिष्कमा पसिसकेको छ। यहि कार्तिक ९ गते हुने नेकपा एमाले तिलोत्तमा नगरको अधिबेशन शंकर नगर स्थित रेडिसन होटलमा सम्पन्न हुदैछ। भर्खर नगरको वार्ड कमिटिको निर्बाचन तथा सर्बसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेले पालिका तथा नगरको अधिबेशन पनि सम्पन्न गर्ने तरखरमा छ। बढीजसो जुझारु युवाहरुको सर्बसम्मत चयन गरेको वडाले नगरमा पनि उस्तै प्रभाव पार्ने धेरैको अड्कलबाजी छ। सोहि अनुरुप अध्यक्ष पदको उम्मेद्वारी दिएका सुरेन्द्र श्रीले आफ्नो जित युवा र सबल नेतृत्वका लागि पार्टीको बलियो आधार सृजना गर्न उम्मेद्वारी रहेको बताएका छन् ।उनले अबको नेतृत्व युवाको नै भएको बताउदै आफुलाई अध्यक्ष पदमा जिताउन आग्रह समेत गरेका छन्।

नेकपा एमालेमा नगर सचिव समेत रहेका सुरेन्द्र श्री हाल तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा समग्र नगरकै प्रबक्ता समेत हुन्। पार्टीको बिधान अनुरुप देश र जनताको निश्वार्थ सेवा गर्ने उदेश्यले आफु अबको नगर अध्यक्षमा उम्मेद्वारी दिएको बताउने सुरेन्द्र श्री राम्रो भाषण गर्न सक्ने र मृदभाषी समेत रहेका छन्। तिलोत्तमा नगरपालिकाको स्थानिय चुनावमा समेत निकै जिम्मेबारीका साथ् पार्टीको लागि योगदान गरेका उनले तिलोत्तमा नगरपालिकामा रहेरै पनि समाजको लागि निकै प्रभावकारी कार्य गर्दै आएका छन्। सादा जिबन उच्च बिचार राख्ने सुरेन्द्रले आफ्नो साधारण राजनीतिक बाहेक अन्य कुनै पेशा नगरेको उनि बताउछन। समग्र पार्टीको माया,सद्भाव,प्रेरणा, जनताको सहयोग र आफ्नो लगावले यहा सम्म आएको बताउने सुरेन्द्र श्री अहिले पालिका स्तरको अधिबेशनमा अध्यक्षको उम्मेदवारको रुपमा उभिएका छन्। वडा तह बाट सबै खाले युवाहरुको जुझारु पंक्ति देखिएकाले पनि सुरेन्द्र श्री कार्तिक ९ गतेहुने अधिबेशनमा प्रत्याशी उम्मेदवार हुन्।

तपाइ अध्यक्षको उम्मेद्वारीमा किन भन्ने प्रश्नमा सुरेन्द्र भन्छन यो मेरो मात्रै माग होइन, समग्र युवा नेतृत्वको माग हो, नेकपा एमालेलाई अघि बढाउन अबका युवाले मात्रै त्यो क्यापसिटि राख्छन् , किनकि समग्र पार्टीलाई हेर्दा अबको नेतृत्व भनेको रुपान्तरित र युवाकै हुनुपर्छ जसले नेकपा एमाले सिंगो पार्टी र बिकाश अनि समृद्धिलाइसंगै लैजान सक्छ, त्यो नै नेतृत्वमा जाने हो। त्यसैले मेरो अध्यक्ष पदमा दिएको उम्मेद्वारी समग्र तिलोत्तमा नगरका युवा तथा हाम्रा आदरणीय हामीभन्दा पाकापुस्ताको रोजाइ हो। मलाइ आशा छ, यो अधिबेशनले तिलोत्तमा नगरलाई एउटा एमालेमय बनाउने प्रणका साथ् सिंगो पार्टी उभ्याउनका लागि सबै पार्टीका प्रतिनिधि, जो भोलि मतदान गर्दै हुनुहुन्छ, उहाहरुले त्यो मत खेर नफालीकन सुनौलो जिम्मेबारी मेरो काधमा दिनुहुनेछ भन्ने आशा छ।

रुपन्देही जिल्लाको सुगम तथा अक्षतभुमि तिलोत्तमा नगरका १७ वटै वडामा सहमतिमा भर्खर मात्रै नेतृत्व चयन भएको थियो । अध्यक्ष पदका लागि हालसम्म ३ जना सुरेन्द्र श्री , नेत्रलाल बन र मिन प्रसाद पोख्रेलको उम्मेद्वारी रहेको छ।

थप समाचार