सरोकारवालाहरु द्वारा बुद्धभूमिमा बालश्रम अन्त्यको लागि सामुहिक प्रतिबद्धता

प्रकाशित मिति:

कपिलबस्तु ९ कार्तिक । सरोकारवालाहरु द्वारा बुद्धभूमिमा बालश्रम अन्त्यको लागि सामुहिक प्रतिबद्धता गरेका छन् । स्थानिय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, गैर–सरकारी कार्यालयका प्रतिनिधि, ईलका प्रहारी कार्यलय गोरुसिङ्गे, उद्योग–व्यवसायी, पेशागत क्षेत्रका प्रतिनिधिहरु लगायतका सरोकारवालहरुले बाल श्रम अन्त्यको लागि आफूहरुको पूर्ण साथ र सहयोग हुने भन्दै सोमबार एक कार्यक्रमका बीच सामुहिक प्रतिबद्धता गरेका हुन् ।


बुद्धभूमी नगरपालिका कपिलबस्तुको आयोजना तथा घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेस इनिसियटिभको आर्थिक तथा प्राविधिक सहकार्यमा सम्पन्न उक्त बालश्रम सम्बन्धमा तयार गरिएको स्थिति प्रस्तुती तथा बालमैत्री स्थानीय शासन अवलम्बन प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम बोल्दै बुद्धभूमि नगरपालिकाका उप प्रमुख मीरा थारुले बाल श्रम एउटा सामाजिक समस्या भएको बताउँनुभयोे ।उहाँले नगरभित्र बालश्रम अन्त्यको लागि आफूहरुको प्रमुख प्रथामिकता रहेको भन्दै पहिलो चरणको १२ हजार ५ सय १४ घरधुरीको तथ्याङ्क संकलन गरिसकेको जनकारी समेत दिनुभयो । साथै उप प्रमुख चौधरीले अब बाल श्रम अन्त्यको लागि प्रत्येक वडा तहबाट नै सुरुवाट गर्ने योजनाको साथ आगडी बढ्ने बताउँनुभयो । त्यस्तै बुद्धभूमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले सवैको सहयोग र सहकार्य गर्दै बुद्धभुमि नगरपालिकालाई बल श्रम मुक्त नगर घोषणाको लागि आफूहरु लागिपरेकोे बताउँनुभयो । उहाँले आफुहरुले बालश्रम सम्बन्धमा तयार गरिएको स्थिति पत्रबाट नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बस्तु स्थितिबारेमा जानकारी भएको बताउँदै अब बाँकी काम गर्नको लागि आफूहरुको बाटो खुलेको जनकारी दिनुभयो । उहाँले अब विभिन्न जनप्रतिनिधी, संघ संस्थाको सहयोग र सहकार्य गर्दै बालश्रम अन्त्य र बालमैत्री स्थानीय शासन अवलम्बन प्रक्रियाको लागि आफुरुहले काम गर्दै जाने बताउँनुभयो ।

अभिमुखीकरण कार्यक्रममा बालश्रम सम्बन्धमा तयार गरिएको स्थिति पत्र तथा बालमैत्री स्थानीय शासन अवलम्बन प्रक्रिया सम्बन्धी सहजिकरण विशेषज्ञ कमल पन्थीले गर्नु भएको थियो । भने, कार्यक्रम बुद्ध भूमि नगरपालिका नगर उपा प्रमुख मिरा थारुको अध्यक्षता, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रीय संयोजक दुर्गा अर्याको स्वागत तथा जनअदार्श सामाजिक केन्द्रका अध्यक्ष रोमलाल खनालको संचालनमा सम्पन्न कार्यक्रममा प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल, वडा नं ४ का वडा अध्यक्ष पवन कुमार थारु, प्रहरी निरीक्षक लिलाराम आचार्य, कपिलबस्तु ईट्टा उद्योग संघका कोषाध्यक्ष विनोद पन्त, ईट्टा व्यवसायी संघ लुम्बिनी प्रदेशका सल्लाहकार कृष्ण प्रसाद पोख्रेल, लगायतले बोल्दै बाल श्रम अन्त्यको लागि आफूहरुको पूर्ण सहयोग हुने बताउँनुभयो । त्यस्तै कार्यक्रममा नेपाल सरकारले वि.स २०८२ भित्र देश भरीका सवै स्थानिय तहवाट वालश्रम पूर्णरुपमा हटाउने योजनाा ऐक्यवद्धता प्रकट गर्दै वालश्रम ऐन २०५६, श्रम ऐन २०७४ को दफा ५ कानुनी प्रावधानका पक्षमा रहदै वालश्रम नगर्ने सवालमा सरोकारवालाहरुले सामुहिक प्रतिवद्धता गर्नुभएको हो । प्रतिबद्धता व्यानरमा नगर उपा प्रमुख मीरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल, जन स्वस्थ्य अधिकृत खुबिराम खनाल, आईटी अधिकृत विमर्श खनाल, वडा नं ४ का वडा अध्यक्ष पवन कुमार थारु, वडा नं. ५ का अध्यक्ष बेचन प्रसाद यादव, प्रहरी निरीक्षक लिलाराम आचार्य, कपिलबस्तु ईट्टा उद्योग संघका कोषाध्यक्ष विनोद पन्त, ईट्टा व्यवसायी संघ लुम्बिनी प्रदेशका सल्लाहकार कृष्ण प्रसाद पोख्रेल, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थनलकला पौडेल, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रीय संयोजक दुर्गा अर्याल, कालिका स्वालाम्बी विकास केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा, किर्डक नेपालका अमर बहादुर वि.क, जनअदार्श सामाजिक केन्द्रका अध्यक्ष रोमलाल खनाल, दालित मानव अधिकार निगरनी समितिका खुम बहादुर विक लगायतले हस्तक्षार गर्नुभएको थियो ।

 

 

थप समाचार