मंसिरमै महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्न निर्वाचन समितिलाई देउवाको निर्देशन

प्रकाशित मिति:

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन मंसिरमै सम्पन्न हुने बताएका छन् । मंगलबार निर्वाचन समितिलाई निर्देशन दिँदैमहाधिवेशन मंसिरमै सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन समितिका सदस्यहरुलाई बोलाएर देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ ।

 

 

थप समाचार