सिटिजन लाईफ इन्स्योरेन्स-बेलबास शाखा द्वारा मानवसेवा आश्रममा‌ खाधान्न तथा सरसफाई सामाग्री  हस्तान्तरण

प्रकाशित मिति:

सिटिजन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडको चौथो वार्षिकोत्सबको सु-अवसरमा सप्ताहीक व्यापी कार्यक्रम अन्तर्गत बेलबास शाखा द्वारा बुटवल-०९ मिलनचोकमा स्थित मानवसेवा आश्रममा‌ ६० जना बृद्धहरुलाई खाधान्न तथा सरसफाई सामाग्री  हस्तान्तरण गरेको छ । कंम्पनीले बुटवल-०९ मिलनचोकमा  रहेको मानवसेवा आश्रममा चामल ५० केजी , पीठो २५ दालमोट ४ केजी ,  साबुन २ दर्जन ,चाउचाउ १ प्याकेट , फुरन दाना ३ प्याकेट ,स्वाहिल ५ केजी  साथै सरसफाई सामाग्री फिनोल १ पिस , शौचालय सफा गर्ने ३ पिस , सराफ ६ केजी र झाडु २ पिस प्रदान गरेको छ ।

सिटिजन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडको स्थापनाको दिवसको अवसरमा खुसि साट्दै र कम्पनीले अबको दिनहरुमा सामाजिक कृयाकलापमा पनि अगाडि बढ्ने भन्दै  मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको बेलबास शाखा प्रमुख  योगेन्द्र रायमाझी जानकारी दिए

हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम  सदस्य निरुले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरीन । शाखा प्रमुख योगेन्द्र रायमाझी , इन्स्योरेन्स एजेन्ट:- कपिल पन्थ ,निर्मल ज्ञवाली , बिपिन नेपाल , मनोज खड्का  लगायत १३ जनाको उपस्थिति थियो ।