२४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान

प्रकाशित मिति:

रुपन्देहीमा एक महिलाले ४ वटा सन्तान जन्मँएकी छन् । जिल्ला स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले ४ छोरीलाई जन्म दिएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउंपालीका १, चिदीपानीकी उनले ९ गते दिउंसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । उनका अनुसार मंगलवार दिउंसो २ बजे जन्मिएका बच्चीहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा तारा केसीको नृतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको हो । सीताकी पहिलो सन्तानको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र बच्चीहरुलाई एनआइसियुमा राखिएको छ ।