२४ घन्टामा देशभरिमा ७७२ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

पछिल्लो २४ घन्टामा देशभरिमा ७७२ जना कोरोना संक्रमित थपिएका छन्। ७,१६७ जनामा गरिएको पिसिआर परीक्षणबाट ५८२ र २,३२८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार सोही अवधिमा ४९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।अहिले देशभरिमा १०,३७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।