कञ्चनमा ९ सय मिलिग्राम ब्राउन सुगर सहित ३ युवा पक्राउ

प्रकाशित मिति:

१० कार्तिक, कञ्चन- रुपन्देही जिल्लाको कञ्चन गाउपालिका लागु औषध दुरुपयोगको ट्रान्जिट पोइन्टको रुपमा चिनिदै आएको छ । कञ्चनमा केही युवायुवतीहरु लागुऔषधको दुरुपयोगमा फस्दै आएका छन। बिशेषगरी कञ्चनको अस्नैया सरकारी बोरिंग क्षेत्र, भैरमघाट, ढावा लगायत स्थानमा लागुऔषधको प्रयोग र बिनबेच हुदै आइरहेको सन्दर्भमा कञ्चन गाँउपालिकामा आज बुधवार ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन ।

दिउँसो करिब २ बजेको समयमा कञ्चन(४ ढावामा नशालु पदार्थ प्रयोग गर्दै गरेको अवस्थामा ३ जनालाई ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पक्राउ गरेको हो । लागुऔषध सेवन गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गर्दै गर्दा लागु औषध दुरुपयोगमा संलग्न अर्का ब्यक्ति पनि पक्राउ परेका हुन।
प्रकाउ पर्नेहरुमा कञ्चन ४ ढावा बस्ने बर्ष २९ का नन्दकुमार दर्जी ९आनन्द०, कञ्चन ४ थकालीचोकका बर्ष ३४ का प्रदिप पुन र थकाली चोककै बर्ष ३१ का मोहन सुनार रहेका छन । नन्दकुमार दर्जीले लागु औषध प्रयोगकर्ता प्रदिप पुन र मोहन सुनारलाई ब्राउन सुगर जस्ता नशालु पदार्थ बेच्ने गरेको पाईएको प्रहरीको अनुसन्धानबाट खुल्न गएको छ ।

उनीहरुको साथबाट ९ सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका प्रहरी कार्यालय थकालीचोकका प्रहरी निरिक्षक देबेन्द्र मल्लले जानकारी दिनुभएको छ । प्रहरी निरिक्षक मल्लका अनुसार सिभिल ड्रेसमा खटिएका सुरक्षागस्तीको टोलीले पहिलो पटक यति परिमाण सहित ठुलो सफलता हात पारेको हो ।पछिल्लो समय युवापुस्ताहरुले यस्ता नशालु पदार्थ बढी प्रयोग गर्ने गर्दा यसले भोलीको दिनमा युवाहरुकै जिवनमा मात्र नभई एउटा सिंगो समाजलाई नै असर पार्ने बताउदै कञ्चन गाँउपालिका भरी यस्ता कार्य गर्ने वा गराउने सबैलाई खोजी गरी कानुनी रुपमा दण्ड, जरिवाना गराईने बताउनु भएको छ। पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सालझण्डीमा पठाइएको प्रहरी निरिक्षक मल्लले जानकारी दिनु भएको छ। आनन्द भन्ने नन्द बहाुर दर्जी बुटवल यातायात ब्यबसायी प्रा।लि। सम्बद्ध माइक्रो बसका बस चालक हुन।