वाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी० का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा ९२० को उपधारा ९१० बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
पाण्डे एमालेबाट धादिङ क्षेत्र १ ९क० बाट प्रदेशसभा सांसदमा विजयी बनेका हुन्। पाण्डे प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन्। यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन्।एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार राजीनामा दिएकी थिइन्। शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको आह्वान बमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो।
मुख्यमन्त्री पाण्डेले आजै तीन जना मन्त्री नियुक्त गरेका छन्। प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका कृष्णलाल भडेँल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन्। सरकारमा नव नियुक्त तीनै जना मन्त्रीले आजै प्रदेशप्रमुख शर्मामार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।न्युज कारखाना











