काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । सरकारले प्रधानसेनापति शर्माको भारत भ्रमण स्वीकृत गरेपछि उनी कात्तिक २३ गते त्यसतर्फ जाने भएका हुन् ।
उनी भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा भारत भ्रमणमा जाँने भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको हो ।
उक्त बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।











