युएइ । टि–२० विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा श्रीलंकाविरुद्ध अस्ट्रेलिया सात विकेटले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले श्रीलंकालाई निर्धारित ओभरमा १५५ रनमा सीमित ग(यो । श्रीलंकाका लागि कुशल परेरा र असलंकाले ३५–३५ रनको योगदान दिए । अस्ट्रेलियाका लागि स्ट्रियाक, कोमिन्स र जम्पाले समान २–२ विकेट लिए ।
श्रीलंकाले दिएको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमै पूरा ग¥यो । ओपनर ब्याट्सम्यान डिविट वारनरले सर्वाधिक ६५ रनको योगदान दिए । त्यसपछि कप्तान एरोन फ्रिन्चले ३७ तथा स्टेभिन स्मिथले २८ रनको योगदान दिए । श्रीलंकाका लागि वानीदु हसरंगाले २ तथा दासु सन्काले १ विकेट लिए ।











