प्रशिक्षणमा मुख्य मन्त्री के.सिले भने जनमतका लागि जिम्मेवारी पूरा गर्नुहोस्

प्रकाशित मिति:

सुरेश परियार,कात्तिक १२ गते-नेकपा माओवादी केन्द्र रुपन्देहीको आयोजनामा बृहत राजनैतिक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।माओवादी केन्द्रका कार्यकर्ता बिच पार्टीको बैचारिक तथा सैद्धान्तिक विषयमा रुपन्देहिको तिलोत्तमा स्थित मणिग्राममा प्रशिक्षण कार्यक्रम भएको युवा नेता मान बहादुर महतले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सिले जनयुद्ध नै माओवादीको एतिहासिक सफलता भएको बताए।संगठनलाई बलियो बनाएर लैजान पार्टीको बिचार र सिद्धांतको गहन अध्ययन हुनुपर्ने मुख्य मन्त्री के.सिले उल्लेख गरे।

मुख्य मन्त्री के.सिले अब आउने तिनै तहको चुनाबमा फरक रणनिति अपनाएर अघि बढन सबै कार्यकर्तालाई आग्रह गर्दै तयारी थाल्न समेत बताए ।उनले जनमतका लागि पार्टीले तोकेको जिम्मेवारी कुशलतापुर्बक पूरा गर्न नेतालाई आग्रह गरेक छ्न। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय,प्रदेश,जिल्ला तथा पालिका तहका नेताहरुको आतिथ्यता रहेको थियो ।