हनुमान मन्दिर युवा क्लबद्धारा ७५ युनिट रगत संकलन,क्लबको भवन उद्धघाटन

प्रकाशित मिति:

सुरेश परियार,कात्तिक १३ गते- रगतको अभाब हुन नदिन विभिन्न संघसस्था तथा क्लबहरुको समन्वयमा रगत संकलन कार्यले तिव्र पाएको छ । आज श्री हनुमान मन्दिर युवा क्लब ओमसतिया गाउँपालिका वडा न.४,रुपन्देहीको आयोजनामा भएको बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटि भैरहवा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सिकन्दर अलिले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति तथा पुर्व राज्य मन्त्री अब्दुल रज्जाकले रगत व्यवस्थापनमा लागि परेको भन्दै मुक्त कण्ठका साथ प्रशंसा गरे । सामाजिक क्षेत्र संगै युवाहरुको नेतृत्व विकासमा समेत यस क्लबको असल कार्य हुदै जाने विश्वास लिदै सभापति रज्जाकले आफनो तर्फबाट साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता ब्यक्त गरे ।यस्तै,कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता इस्तियाक अहमद खानले मानविय क्षेत्रमा क्लबले पुराएको योग्दानको उच्च मुल्याकंन गर्दै सामाजिक क्षेत्रमा यसंैगरि लाग्न अपिल गरेका छन् । समाज परिवर्तन र विकासका सम्वाहक युवाहरु काँधमा आएको तर्क समेत खानले गरे ।

कार्यक्रम श्री हनुमान मन्दिर युवा क्लबका अध्यक्ष उदय कुमार गर्गको अध्यक्षता,नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यता तथा सविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता इस्तयाक अहमद खानको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सोही अवसर पारेर श्री हनुमान मन्दिर युवा क्लबको भवन उद्धघाटन गरिएको छ । कृषि उपज संकलन केन्द्रको ४ लाख ५० हजारको आर्थिक सहयोगमा निर्माण भएको क्लबको भवन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले उद्धघाटन गरेका हुन् ।कार्यक्रममा क्लबका सल्लाहकार शेर बहादुर सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।