लाफा समुहको १३ औं रक्तदान, आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न
१४ कार्तिक, बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज आइतबार १३ औं रक्तदान आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १३ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।
त्यस्तै समुहले मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष तथा राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारीका श्रीमति शोभा भण्डारीलाइ कोभिड संक्रमणपछि निमोनिया देखिएको र हाल काठमाडौंको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भै रहदा आर्थिक समस्या परेसंगै विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक जुटआइरहदा लाफा समुहले पनि आफ्ना सदस्यहरुबाट ५५ हजार २ सय ५ रुपैया उठाइ समुहका संरक्षक बासुदेब लामिछाने र पूर्व अध्यक्ष केशव रानाले काठमाडौं मेडिसिटी अस्पतालमा नै पुगि सहयोग हस्तान्तरण गरेका संरक्षक बासुदेब लामिछानेले बताए ।त्यस्तै कार्यक्रममा बुटवल उपमहानगर पालिका ७ मा रहेको बाजे बजै पितृ थान निमार्णको लागि ४० हजार ५ रुपैया सहयोग गरेको छ ।कार्यक्रममा नव पञ्चरत्न युवा क्लव सेमलारले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा सहभागि भै प्रथम हुने क्लवका खेलाडी सुशिल गिरी र सलिन पौवी तथा तृतिय हुने खेलाडी पुरन गाहा र विवेक न्यौपानेलाइ सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए ।कार्यक्रमका विशिष्ठ अतिथि शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरेले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, कोषध्यक्ष ज्ञानु रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सचिव यशपाल चौतारेले गरेका थिए ।











