१५ कार्तिक,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउपालिका वडा नं। १ कुचेरा बस्ने बर्ष २७ का तिलकराम थारु रहेको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।
ईलाका प्रहरी कार्यलय, रुद्रपुरका अनुसार कार्तिक १५ गते बिहान(राती) करिब १२ बजेर २० मिनेटको समयमा कञ्चन गाउपालिका वडा नं.१ स्थित कुचेरा गाउको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादैं गर्दा लु. ३ त २७४७ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकको बायां तर्फ थुपारी राखेको ढुंगामा ठोक्किन पुग्दा मृतक थारुको टाउकोमा गम्भिर चोट लागेको थियो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका थारुलाई राती नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको भएपनि उपचारको क्रममा तिलक थारुको करिब बिहान १ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।
((








