धनतेरसका दिन यी चार ठाउँमा बत्ति बाल्दा हुन्छ यस्तो लाभ

प्रकाशित मिति:

काठमाडौं– आज  कार्तिक १६ गते मंगलबार अर्थात यो वर्षको तिहारको पहिलो दिन । यो दिनलाई धनतेरस भन्ने गरिन्छ । यो शुभ दिनमा सुन–चाँदी अथवा अन्य विभिन्न कुराहरु किन्नुको विशेष महत्व हुन्छ । यसको साथै यो दिन देवी देवताको पुजा गरिन्छ । ज्योतिष र वास्तु अनुसार धनतेरसको शुभ अवसरमा केही स्थानहरु दीयो पनि बाल्नु आवश्यक छ । धार्मिक मान्यता अनुसार यसो गर्दा जीवनको समस्या कम हुन्छ र घरमा अन्न र धनले भरिपूर्ण भइरहन्छ ।

यी स्थानमा बाल्नु पर्छ दीयोस्

पीपलको वृक्ष मुनि

धनतेरसको साँझमा पीपलको बोट म् िन दीयो बाल्नु पर्छ । धार्मिक मान्यता अनुसार पीपलमा धनकी देवी लक्ष्मीको वास हुन्छ । त्यसैले धनतेरसको शुभ अवसरमा पीपलको बोटमा दीपक बाल्नाले आर्थिक समस्या कम हुन्छ । जीवनमा अन्न र धन लाभ हुन्छ ।

बेलको वृक्ष

जुन मानिस धन सम्बन्धि समस्याबाट चिन्तित हुन्छ, उसले धनतेरसको साँझ अथवा राततमा बेलको वृक्ष मुनि दीयो बाल्नु पर्छ । यसका साथै दीयोमा तेलभन्दा घीउ हाल्नु पर्ने कुरामा ध्यान दिनु पर्छ । यसो गर्दा घरमा सुख र समृद्धिको वास हुन्छ ।

श्मशान घाटमा दीयो

धार्मिक मान्यता अनुसार धनतेरसको राति श्मशान घाटमा पनि दीयो बाल्नु पर्छ । यसले धनको देवी लक्ष्मीको असीम कृपा बर्षन्छ । जसले जीवनमा पैसाको समस्या कम हुन्छ ।

घरको मुल ढोकामा दीयो

वृक्ष, श्मशान घाटबाहेक घरको मुल ढोकामा पनि दीयो बाल्नु आवश्यक छ । यसो गर्नाले घरमा माता लक्ष्मीको प्रवेश हुन्छ भन्ने मान्यता रहेको छ । भनिन्छ, जुन घरमा लक्ष्मीको वास हुन्छ, त्यो घरमा अन्न र धन सम्बन्धि समस्या हुँदैन । त्यसैले धनतेरसको पावन दिनमा माथि उल्लेख गरिएको ठाउँमा दीयो बाल्न बिर्सनु हुँदैन ।

थप समाचार