कञ्चनमा बजार अनुगमन, एक पसलमा अखाध्य तथा म्याद सकिएको बस्तुहरुको बरामद

प्रकाशित मिति:

१६ कार्तिक, कञ्चन- कञ्चन गाउपालिकामा बजार तथा पसल अनुगमन गरिएको छ । कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक गोमा तरामु सहितको अनुगमन टोलीले कञ्चन गाउपालिकामा संचालित बिभिन्न बिषयगत पसल तथा व्यबसायिक फर्महरुको बजार अनुगमन गरेको हो ।बजार अननुगमनको पहिलो दिन कञ्चन गाउपालिका वडा नं। १ मा संचालित बिभिन्न २५ वटा ब्यबसायिक फर्महरुको अनुगमन गरिएकोमा प्राय ब्यबसायिक फर्महरुले मुल्य सूची नै नराखी कारोवार गरेको पाइएको छ। कञ्चन गाउँपालिका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख शशी पन्थीले दिनु भएको जानकारी अनुसार बजार अनुगमनको क्रममा कञ्चन १ मा संचालित होटल तथा रेष्टुरेण्ट, किराना पसल, वर्कसप, फेन्सी तथा श्रृंंगार पसलहरुले मूल्य सूची नै नराखेको र होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुले होटल तथा रेष्टुरेण्ट मापदण्ड अनुरुप सरसफाईमा ध्यान नदिएको पाइएको छ ।

मोटर साइकल ममर्त तथा वर्कसप ब्यबसयिक फर्महरुले उधोग बाणिज्य कार्यलयमा दर्ता गरी संचालन गरेको पाइए पनि यातायात ब्यबस्था कार्यलयमाबाट इजाजत लिई संचालन गर्नु पर्ने कानुनी प्राब्धान भएपनि सो कार्य नगरेको पाइएको पन्थीले जानकारी दिनु भएको छ। आवस्यक कागजात पुरा नगरी तथा सम्बन्धित निकायमा दर्ता नगरी संचालित ब्यबसायिक फर्मका सञ्चालकहरुलाई आगामी १५ दिन भित्र आवस्यक कागजात पुरा गरी संचालन गर्न सुझाव दिइएको कञ्चन गाउँपालिका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख पन्थीले जानकारी दिनु भएको छ।यसैगरी अनुगमनको क्रममा ५ वटा ब्यबसायिक फर्महरुले कुनै पनि निकायमा दर्ता नै नगरी अनधिकृत रुपमा ब्यबसायिक कारोबार गर्दै आएको पाइएको र ती फर्महरुलाई समेत आगामी १५ दिन भित्र आवस्यक कागजात पुरा गरी संचालन गर्न सुझाव दिइएको पन्थीले जानकारी दिनु भएको छ । अनुगमनको क्रममा एक पसलमा म्याद सकिएको र अखाध्य बस्तु फेला परेको र ती अखाध्य बस्तुहरुलाई कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक गोमा तरामु, प्रहरी चौकी बेउरीका प्रहरी सहायक निरीक्षक भिम बस्नेत, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, रुद्रपुर ब्यापार संघका अध्यक्ष केशव राज पौडेल, स्थानिय सञ्चारकर्मीको रोहवरमा नियन्त्रणमा लिई सिल गरि नष्ट गर्न आवस्यक प्रक्रिया अगाडी बढाइर्एको योजना तथा अनुगमन शाखा प्रमुख पन्थीले जानकारी दिनु भएको छ।

कञ्चन गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक गोमा तरामु, प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत, प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख शशी पन्थी स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतम, प्रहरी चौकी बेउरीका प्रहरी सहायक निरीक्षक भिम बस्नेत रुद्रपुर ब्यापार संघका अध्यक्षकेशब पौडेल।स्थानिय सञ्चारकर्मी लगायतको अनुगमन टोलीले बजार तथा ब्यबसायिक फर्महरुको अनुगमन गरेको हो ।कञ्चन गाउपालिकाको बजारलाई स्वस्थ र गुणस्तरिय बनाउन र उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने र सबैलाई कानुनी तथा करका दायरामा रही कारोवार गर्न बजार अनुगमन गरिएको कञ्चन गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक गोमा तरामुले जानकारी दिनु भएको छ।