राष्ट्रपतिद्वारा तिहारको शुभकामना

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको शुभकामना व्यक्त गरेकी छन्।

उनले नेपालीको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

तिहारको अवसरमा देउसी–भैलो खेल्ने नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएकी छन्।