ललितपुरमा आगलागी, एकै परिवारका ४ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले अनलाइनखबरसँग पुष्टि गरे ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको एआईजी पालले बताए । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने उनले बताइन् । ‘मृत्यु हुनेमध्ये केही निसास्सिएको पनि हुनसक्ने देखिन्छ’