काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ अन्तर्गत समूह २ को अन्तिम खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १२५ रन सामान्य लक्ष्य दिएको छ।शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रनमा समेटिएको हो।अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले सर्वाधिक ७३ रनको इनिङ्स खेले। उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए।
उनी अफगानिस्तानबाट टी२० विश्वकपमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। यसअघि २०१४ मा हङकङविरुद्ध मोहम्मद शाहजादले ६८ रन बनाएका थिए।गुलबदीन नादीले १५ र मोहम्मद नावीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोस्रो अंकमा रन बनाउन सकेनन्।न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए। ईश सोधी, एडम मिल्ने र जेम्स निशमको नाममा १(१ विकेट रह्यो।









