बुटवल- बुटवलको नयाँगाउमा भिषण आगलागि भएको छ।बुटवल उपमहानगरपालिका वडा नं १२ नया गाउ स्थीत नयाँगाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा कालोपत्रे गरि रहेकै बेला सोही ठाउमा रहेको टेक्टरमा आगो लागेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार टेक्टरमा लागेको आगो अनियन्त्रीत भई स्थानीय गोपाल पाण्डेको घरमा समेत लागेको र निभाउने प्रयत्न भई रहेको छ।पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा समेत आगो लागेका कारण बिष्फोट समेत भएको स्थानीयले बताएका छन्।
केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ ।











