काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य(सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् ।त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य-सचिव ढकालले पदवहाली गरेका हुन् ।
१६ कात्तिकको युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ उपदफा ९१२०बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य(सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो ।ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् । पदवहालीपछि सदस्य(सचिव ढकालले नवौँ राष्ट्रिय खेलकुद र आव २०७८र०७९ का महत्त्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।
पदवहालीअघि सदस्य(सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।








