बुटवलको नयाँ गाउँमा आगलागी हुँदा तीन घर जले

प्रकाशित मिति:

बुटवल- सडक पिचका लागि अलकत्रा पगाल्न बाल्दा त्यसबाट सल्किएको आगलागीबाट बुटवलमा तीन घर जलेका छन्। सोमबार साँझ साँढे ५ बजेतिर आगो लागेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवल १२ नयाँगाउँस्थित भित्रि सडकमा पिचका लागि अलकत्रा बाल्दा त्यहाँबाट सल्किएको आगोले तीन घरमा क्षती भएको हो। एक घर पूर्ण, एक घर आधा भन्दा बढि र एउटा घरमा आगलागीले आंशिक क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

आगलागीबाट एउटा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो बुटवल, सैनामैना र देवदहबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो।उज्यालोमै आगो लागेकाले मानवीय क्षती हुन पाएन,ु प्रहरी नायव उपरीक्षक केसी भने। उनले घर जलेर नष्ट भएकाले लाखौं क्षती भएको अनुमान गरिएको बताए।