माओवादी नेता झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

प्रकाशित मिति:

नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । उनले यसअघि नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए ।

झा ५ मंसिरदेखि नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा रहेका छन् । यसका लागि उनले माओवादी केन्द्रका नेताहरुसँग समेत सल्लाह गरेको बताइएको छ ।

आफूले माओवादी केन्द्रमा रहेर भन्दा नेकपा एकीकृत समाजवादीमा माधवकुमार नेपालसँग रहँदा सहज रुपमा काम गर्न सक्ने भएकाले नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको उनले बताएका छन् ।