काठमाडौं स् नेपाली चलचित्र म यस्तो गीत गाउँछु २ु माघ १९ गते प्रदर्शनमा आउने भएको छ। फिल्मका निर्देशक सुदर्शन थापाले नयाँ प्रदर्शन मिति घोषणा गरेका छन्। देशमा कोरोना भाइरस आउनुअघि नै प्रदर्शनको लागि तयारी गरिएको थियो। तर कोरोना महामारीमा फिल्म प्रदर्शनमा आउन सकेन।
फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै थापाले फिल्म रिलिज हुने बताएका हुन्। ुकुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो, थापाले भने, सोहि उद्देश्यका साथ नेपाली चलचित्र ुम यस्तो गीत गाउछु(२ु माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेको छौं।थापासहित नायिका पूजा शर्मा, जन्मजय साम्पाङ राईले फिल्मलाई निर्माण गरेका हुन्। फिल्ममा पूजा शर्मा र पल शाहको मुख्य पात्रको रुपमा रहेको छ।











