सडक विस्तारमा ढिलाइ भएपछि एमाले बुटवलको ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल,कात्तिक । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको राजमार्ग चौराहादेखी गोलपार्क सम्मको सडकखण्डको तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुख समक्ष बिहीबार ज्ञापन पत्र बुझाउँदै एमालेले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न आग्रह गरेको छ ।

एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा जिल्ला कमिटी उपसचिव, सचिवालय सदस्यलगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त टोलीले सडक विभागको डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको एमाले बुटवल उपमहानगरका सचिव मेघराज भट्टराईले जानकारी दिए ।गोलपार्क देखी बेलहिया नाका सम्मको यस व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धनमा समेत ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ ।

‘यहाँको पर्यावरण, यहाँको हरियाली र वातावरणमा समेत क्षति पुगेको छ । यो बाटो भएर हड्ने लाखौं यात्रीहरु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको भन्दै मानव स्वास्थ्यमाथि खेलवाड भएको छ ।’नथबउबल कबमबप।वउन ‘बुटवलको मध्यभागमा रहेको यो सडक खण्डको धुवाँधुलो र खाल्डाखुल्डीले हामीलाई गिज्याईरहेको छ । बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिडाँउने अवस्था नै छैन । दैनिक दुर्घटनाहरु निम्त्याएको छ र मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना गरिएको छ । यो एक प्रकारको अपराध हो भन्ने हाम्रो पार्टीको बुझाई रहेको छ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।