सबल कांग्रेस निर्माणका लागी स्याङ्जा क्षेत्र नं २ बाट शेषकान्त पुरिको केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी
शेषकान्त पुरी – नेपाली कांग्रेसका युवा नेता एवं नेपाली कांग्रेस जनसम्पर्क समन्वय समिति केन्द्रिय सदस्य- देश भर नेपाली कांग्रेस चौधौं महाधिवेशनको तयारीमा जुटेको छ । राजनीति गर्ने नेता कार्यकर्ताका लागि ‘एक प्रकारको उत्सव’ भएकाले कांग्रेसको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया निकै पेचिलो बन्दैछ । यही पेचिलो अवस्थामा कांग्रेसको सैद्धान्तिक एवं वैचारिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने बौद्धिक युवा जगतको पनि पार्टी राजनीतिमा आकर्षण बढेको छ ।
पेशागत संगठनहरुमा रहेर कांग्रेसलाई निरन्तर सहयोग गर्दै आएको बौद्धिक युवा जगत अहिले आफै महाधिवेशन प्रतिनिधि हुन अग्रसर भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको युवा जुझारु कार्यकर्ता रहेर सक्रिय राजनीति गरिरहेका कतिपय युवा नेताहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र नगर तथा जिल्लाको नेतृत्वमा दावी गरिहेका देखिन्छन। ती युवा कार्यकर्ताले कांग्रेसलाई भावी दिनमा आइपर्ने चुनौतीहरुको पर्खाललाई तोड्ने लक्ष्य र उद्देश्यले अघि बढेका छन् । ब्यबसाय सँगै समाजसेवीका रुपमा उदयमान भएका ति युवा बौद्धिक जमात सुदृढ र निष्ठाको राजनीतिमा आफुलाई अभ्यस्त बनाउने तर्खरमा केहि सुधारउन्मुख समय अनुकुलको समाजबादी धारलाई टेक्दै कांग्रेस भित्र शुद्धिकरण र सुदृढिकरण अभियानमा सहभागी हुने आशालाग्दो धारणा राखेर अघि बढेका छन् ।
यसै क्रममा स्याङ्जा क्षेत्र नं २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन्, बिगत झण्डै तिन दशक लामो समयदेखि नेबि संघ हुँदै ,तरुण दल र पार्टीको जनसम्पर्क समन्वय बिभागको केन्द्रिय सदस्य बनेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भुमिका निर्बाह गरिरहेका शेसकान्त पुरी । स्याङ्जामा जन्मिएर देशविदेशमा हुने हरेक सांगठनिक कार्यमा सक्रिय शेषकान्त पुरी स्थानीय स्तरमा हुने विभिन्न सामाजिक कार्यमा समेत सहयोग,समर्थन र सद्भाव राख्ने ब्यक्तिका रुपमा परिचीत नाम हो। पञ्चायतको बर्बर दमनविरुद्ध नेबिसंघमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा सतिसाल जस्तै उभिएका थिए । विगतमा लोकतन्त्र माथिको ठाडो हस्तक्षेपका बिरुद्धमा किशोर अवस्थादेखि नै चर्को आवाज उठाने ब्यक्ति शेषकान्त पुरी हुन। नेपाल बिद्यार्थी संघमा आबद्ध भएर राजनीतिक र वाक स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्ने कांग्रेस नेता युवा नेता पुरी लेअहिले ब्यबसाय, समाजसेवा र राजनीतिलाई एकैसाथ अगाडि बढाईरहेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा स्याङ्जाको सवाललाई लिएर सबल पोस्टले सोधेको प्रश्नमा यसो भन्छन युवा नेता शेषकान्त पुरी।।,
१ काठमाडौंमा बसेर ब्यबसाय गरिरहेको मान्छे एकैचोटी स्याङ्जा आएर नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्नुभयो त ?
धन्यवाद, जय नेपाल । तपाईंले जुन प्रश्न गर्नुभयो त्यो जायज छ तर म स्याङ्जाली माटोमा जन्मेर हुर्केको मान्छे हु।म जन्मदेखि आज सम्म स्याङ्जामै छु । विगतमा लामो समय म नेविसंघको राजनीति गर्दैगर्दा मैले अनेकन कठिनाइ र अभावको सामना गरेको छु।तै पनि मुलुक बनाउन जहिले पनि नयाँ र माझिएको लोकतान्त्रिक विचारले मात्र सम्भब छ भन्ने म मान्यता राख्ने गर्छु । सोही कारण नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मेरो बिचार हो।पछिल्लो समय वैदेशिक रोजगारमा जान इच्छुक माध्यमबाट पनि मैले कांग्रेसको राजनीति गरेको छु । कांग्रेसमा वैचारिक बहसको अभाव भएकाले मैले उम्मेदवारी दिएको हुँ । म विगतदेखि वर्तमानसम्म निरन्तर रुपमा पार्टीमा निष्ठा र ईमानको राजनीतिमा क्रियाशील छु ।
म सँग अधिकतम युवा कार्यकर्ता आशावादी हुनुहुन्छ । आफूलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार सम्झिएर, नेपाली कांग्रेसलाई सुदृढ ढंगबाट अगाडी बढाउने, प्रभावकारी ढंगले पार्टी गतिविधि गतिशील बनाउदै सञ्चालन गर्ने योजनासहित मैदानमा आएको छु । मलाई लाग्छ,म सबैको आशा र भरोसाको उम्मेदवार हो। स्याङ्जामा महामानव जननायक बीपी कोइरालाले भनेजस्तै “कांग्रेसको संगठन हेर्ने हो भने स्याङ्जा जानु” भन्ने भनाइलाई पुर्णत सफल बनाउन, हरेक चुनावमा युवा कार्यकर्तालाई सहि रुपमा परिचालन गर्न मेरो भुमिका महत्त्वपूर्ण हुनसक्छ। सोही कारण पुरी केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि योग्य उम्मेदवार हो भन्ने क्षेत्रीय प्रतिनिधिज्यूहरु, वडा सभापति एवं सबै कांग्रेसीजनहरुलाई लागेको छ भन्ने मलाई लाग्छ । अधिकतम स्याङ्जाली बासीले बुझेको कुरा,गाँउटोल घुम्ने एवं भेटघाट अनि अन्तरक्रिया गर्दा शेषकान्त पुरीको अभाव खड्किने, तपाई जस्तो जुझारु एवं बौद्धिकयुवा नेतृत्व स्याङ्जा कांग्रेसलाई आबस्यक भएको भनेर धेरै साथीहरुले मलाई भन्ने गर्नुभएको छ।
२- तपाईलाई लाग्दैन तपाई कम्जोर उम्मेदवार हुनु हुन्छ भन्ने ? स्याङ्जा क्षेत्र न २मा केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार धेरै देखिन्छन् ।
स्याङ्जामा क्षेत्र न २का अधिकतम सामाजिक कार्यमा स्वयं उपस्थित भएर सहयोग गरेको छु । उपस्थित हुन नसकेको ठाउँमा आर्थिक,मनोबैज्ञानिक सबै तबरबाट सहयोग गर्ने प्रयत्न गरेको छु।हरेक जसो निर्वाचनमा मैले भौतिक रूपमा नै उपस्थिति भएर पार्टीका उम्मेदवारलाई जिताउन गाउँटोलमा खटिएको छु । त्यस्तै अति चरम समस्यामा परेका स्याङ्जाली युवा देखी बृद्ध नागरिकको सेवामा लागे र पुगे सम्म सहयोग गर्न तत्पर हुने गरेको छु भन्ने लाग्छ। भ्रष्ट्राचारका विरुद्धमा सधै आवाज उठाएको छु, अन्याय अत्याचार विरुद्ध आफुलाई सधै उभ्याउने गरेको छु र जीवन प्रयन्त उभ्याउने छु। मलाई लाग्छ यो पनि नेपाली कांग्रेसको असल सिपाहीको काम नै हो। त्यसैले म सधै भन्ने गर्छु,कांग्रेस बलियो हुन कार्यकर्तामा नैतिकता बलियो हुनुपर्छ । ग्रामीण भेगलाई जिल्ला सम्म हुँदै केन्द्र सम्म र केन्द्रलाई ग्रामीण भेग सँग जोड्ने मेरो मुल उदेश्य स्वरुप मैले उम्मेदवारी दिएको हु । निष्ठा,इमान्दारितामा बाच्ने गुटरहित सबल कांग्रेस बनाउने मेरो मुल उदेश्य हो । संगठन बिस्तारका लागि मैले धेरै पटक धेरै टोल र गाउँको यात्रामा थुप्रै जोर जुत्ता फटालेको छु।
३- अधिबेशनमा प्यानल समाउने गरिन्छ भन्छन।तपाई कुन प्यानलबाट महाधिवेशन प्रतिनिधिमा आफु लाई उभ्याउँदै हुनुहुन्छ ?
मलाई लाग्छ मेरो स्वभावकै कारण पनि म सबैको साझा उम्मेदवार हु। कांग्रेस बिपिको बिचारमा अडिग पार्टी हो भन्ने मान्यतालाई पुर्णता दिन म कांग्रेसको सिपाही बन्ने दौरानमा छु।जननायक बीपीले भनेजस्तै कांग्रेसको संगठन हेर्न स्याङ्जा जानु भन्ने कुरालाई आजको दिनमा ब्यबहारिक ढाचा र स्वरुप प्रदान गर्न म अनब्रत स्याङ्जा कांग्रेसको सिपाही बनेर काम गर्ने लक्ष्य र उदेश्य बोकेर अगाडी बढिरहेको छु। अहिले धेरै बोल्ने तर संगठनमा थोरै काम गर्ने ब्यक्ति स्याङ्जा कांग्रेस भित्र नेतृत्व तहमा पुगेकोले कांग्रेस जिल्लामा कमजोर बनिरहेको छ । जसको परिणाम स्वरुप हामिले बिगतका चुनावहरुमा असफलताको स्वाद चाख्नु पर्यो।त्यो भन्दैमा सबै नेतृत्वतहमा बस्ने कुशल छैनन भन्न खोजेको कदापि होइन।स्याङ्जा क्षेत्र न।२ू खूमा हामिले प्रदेश सभाको चुनाब जिताउन पनि सफल भएकै हो।त्यसमा मेरो योगदानको बिषयमा म आफैले चर्चा गर्नुभन्दा अधिक मेरो संगठन प्रतिको लगाब र कार्यको मुल्यांकन पनि हो यो अधिबेशन भन्ने मैले बुझेको छु। पन्चायत काल भन्दा अगाडिको पुस्ता जस्ले गाउँ गाउँमा कांग्रेसको बिजारोपण गर्यो।प्रजातान्त्रिक बिचारको पालुवा रोप्यो।जस्ले कांग्रेस बनेर मुलुकका लागी जेलनेल भोग्यो।दुख कष्ट र अभावमा भुमिगत हुनुपर्यो,ती सबै अग्रजको त्यो देनको उच्च मुल्यांकन गर्दै,बडाको आदर सम्मान र उहाँहरुको अनुभव बाट केही सिक्दै उहाँहरुको असल नीति निर्देशनलाई अबलम्बन गर्दै अगाडी बढ्ने छु। एउटा त्यो पुस्ता जुन पुस्ता भित्र म स्वयं पर्ने छु।जुन पुस्ताले ०४६ साल पछिका लोकतान्त्रिक अधिकार प्राप्तिका आन्दोलनमा आफुलाई अभ्यस्त बनायो।पुरानो पुस्ताले रोपेको बिरुवामा मलजल गर्ने काम गर्यो।कलकलाउदो उर्जाशिल समय कांग्रेसका लागी समर्पित गर्यो,जो सँग बैचारिक,समाजिक मुल्य मान्यता ,आदर्श,निष्ठा छ।म त्यहीँ समुहको मान्छे हु जस्ले नयाँ पुस्तालाई साथमा लिएर,उनिहरुलाई उधमशिल बनाउने ,रोजगार उन्मुख बनाउने उदेश्यका साथ मेरो उम्मेदवारी साझा प्यानलबाट हुनेछ।
४- कांग्रेसको महाधिवेशनमा यो पटक नयाँ अनुहार नेतृत्वमा आउँछ भन्ने कुरामा कत्तिको बिश्वास राख्नुहुन्छ ?
मलाई लाग्दैन कि यो महाधिवेशन हुने बित्तिकै कांग्रेसमा सबै खाले आमुल परिबर्तन हुन्छ । कांग्रेस भित्र पुस्ता हस्तान्तरण देखि कांग्रेस रुपान्तरण सम्म सबै खाले परिबर्तन आबस्यक देखिन्छ र पनि हामी आम कार्यकर्ता नै हौ यो कांग्रेसलाई कसरी गतिशील बनाउने भन्ने,मलाई लाग्छ यो पटक सबै नयाँ अनुहार मात्रै पनि हुने छैनन र सबै पुराना अनुहार पनि हुने छैनन ।यो पटकको अधिबेशनमा गतिशील र प्रगतिशील सोच भएका अझ भनौं जुरमुराउदो एउटा एक्टिभ पुस्ताको हातमा नेतृत्व पुग्ने वाला छ। हरेक जसो चुनाबमा हामी हाम्रा कार्यकर्ता देखि मतदाता सम्मको गिन्ती गर्छौ र ढुक्क भएर भन्छौं हामी चुनाब जित्दै छौ तर बास्तबिकता हामिले सोचे भन्दा भिन्न भैदिन्छ।कार्यकर्ता र मतदाताको संख्या अधिकतम हुँदा हुँदै हामी यसकारण कम्युनिस्ट सँग चुनाब हार्छौ कि हामिलाई डोर्याउने नेतृत्व सक्षम हुँदैन।अब यी सबै खाले समस्यालाई कांग्रेस कार्यकर्ताले राम्रो सँग बुझेका छन।को जुझारु छ।।रु,को भिजनरी छ।।रुकस्ले सहि रुपमा कार्यकर्तालाई सहि दिशा तर्फ डोर्याउदै परिचालान गर्न सक्छ।।रु ।त्यसलाई गम्भीरतापुर्बक मुल्यांकन गरेर मात्र यो अधिबेशनमा क्षेत्रीय प्रतिनिधिले भोट हाल्नुहुनेछ भन्ने कुरामा मलाई पुर्ण बिश्वास छ। काङ्ग्रेस वैचारिक र सामाजिक हिसाबले सबै कुरा विस्तारै परिवर्तन हुँदैछ । १४औं महाधिवेशनबाट पुस्तान्तरण हुने निश्चित छ । यो महाधिवेशनले तेस्रो पुस्तालाई पदाधिकारी र केन्द्रीय समितिमा धेरै संख्यामा ल्याउँछ । उमेरकै हिसाबमा नेतृत्व पाउनु पर्छ भन्ने मान्यता कांग्रेसको मान्यता होइन। कांग्रेस बिपिले युवा अबस्थामा हाकेको पार्टी हो।ति युवा जो जुर्मुराउँदो सुबिचार र भिजनले माझिएका छन उनिहरुले नै सवै उमेर समुहको नेतृत्व गर्न सक्छन।यो पटक कांग्रेसमा केहि नयाँ हुनेवाला छ।यो पटक कांग्रेसको मुहार फेरिनेवाला छ।मलाई लाग्छ यो पटक कांग्रेस अधिबेशनमा अधिकतम नयाँ र उर्जावान कार्यकर्ताको अनुहार महाधिवेशन प्रतिनिधिका रुपमा देख्न पाइने छ।
५- एउटै पदमा धेरै उम्मेदवार हुनुहुन्छ र त्यसमा पनि महाधिवेशन प्रतिनिधि पदकै लागी धेरै युवाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। सबैलाई समेट्ने कांग्रेस निर्माण गर्नुपर्ने ठाउँमा एकै ठाउँ धेरै उम्मेदवारको आकर्षण बढ्नु र त्यसमा पनि गुटगत राजनीति प्रभाब उच्च देखिन्छ यस्ले त सरासर राम्रो लक्ष्यण देखा पर्दैन यस्मा तपाई के भन्नु हुन्छ ?
केन्द्र देखी नै कांग्रेसमा यो समस्या हाबी छ । स्याङ्जाको मात्र होईन् । लामो समय देखि कांग्रेसले आफ्ना भातृसंगठनहरुको महाधिवेशन गर्न सकिरहेको छैन।जसकारण पनि नयाँ नेतृत्व उत्पादन हुन सकिरहेको छैन।सबै जना महाधिवेशन प्रतिनिधि पदमा निर्बाचित हुन सम्भब छैन।कोहिले जित्ने त कोहिले हार्ने परिणामलाई धेरै संख्याका उम्मेदवार भएपछि टार्न पनि त सम्भब छैन।ति आकांक्षी जो यो अधिबेशन हार्ने छन उनीहरु सम्पुर्ण रुपमा असक्षम भएर हार्ने भने होइन।ति कांग्रेसका उर्जालाई कुन ठाउँमा नेतृत्व दिएर राख्ने भन्ने चिन्ता कसैमा देखिदैन।जस्को प्रत्यक्ष घाटा कांग्रेसलाई पर्ने छ।कांग्रेसमा सुदृढीकरण आबस्यक छ। कांग्रेसको मुहान सफा गर्न आबस्यक छ।स्याङ्जा कांग्रेसमा गुटगत प्राभाव यति धेरै छ कि कार्यकर्तामा पानीबाराबारको अवस्था देखिन्छ। त्यो कुरा जिल्लाका शिर्षनेतामा आज पनि हाबी छ तर आज कार्यकर्ता सचेत छन।गुटउपगुटको प्रभाव सम्पुर्ण रुपमा समाप्त भएको भन्ने होइन तर कार्यकर्ताले ब्यक्ति हेर्दै छन।उम्मेदवारको बिचार,भिजन,एजेन्डामा हेर्ने मनस्थितिमा क्षेत्रीय प्रतिनिधि रहेको मैले देखेको छु। सुखदुःखमा कार्यकर्ताको घरदैलोमा जाने र कार्यकर्ताको पिर मर्का बुझ्ने खालको उम्मेदवारलाई यो पालि जिताइनेछ भन्ने मलाई लाग्छ। गुटगत प्रभावमा यो पटक हिजो मै हु भन्ने टाउके नेता परेता पनि नयाँ पुस्ताले स्वच्छ प्रतिस्पर्धामा बिश्वास राख्छ र त्यहीँ पुस्ताले आफुलाई बिजयी बनाउदै उभ्याउछ भन्ने कुरामा मलाई पुर्ण बिश्वास छ।किनकि आजको पुस्ता स्वच्छ प्रतिस्पर्धामा बिश्वास गर्छ।मेरो उम्मेदवारी गुटगत प्रभावमा नपरी पार्टी भित्र अस्वस्थ प्रतिस्पर्धाबाट जोगाउन मेरो उम्मेदवारी हो र मेरो जस्तै सोचका साथ धेरै नयाँ पुस्ताले आफ्नो उम्मेदवारी दिनुभएको छ। गुटउपगुट लाई सम्पुर्ण रुपले सफा गर्ने अभियानलाई कार्गर बनाउन मेरो उम्मेदवारी हो।
६-महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुनुहुन्छ।पार्टीलाई सुदृढ बनाउन तपाईको बिचार र एजेण्डा के हो ?
यस्ता धेरै एजेण्डाहरु छन् जो सबै सबिस्तार बर्णन गर्न यहाँ सम्भब छैन। महाधिवेशनलाई विशुद्ध वैचारिक बहसको थलो बनाउने मेरो अभियान हो । कांग्रेसलाई दिशानिर्देश गर्न बैचारिक शक्तिहरुले नेतृत्व जित्नुपर्ने आजको आबस्यकता हो। ।कांग्रेस आजको दिनमा लड्खडाएको छ ।स्याङ्जा क्षेत्र न।२ख मा आज हामीले जुन स्वरुप संगठन भित्र मजबुत तबरबाट लाने प्रयासमा माननीय भागवत प्रकाश मल्ल सहितको एउटा नेतृत्व पङ्तिले जुन शैलीबाट पार्टीलाई गतिशील र कार्यकर्तालाई उर्जाशिल बनाएका छौ।हामी त्यहीँ बटमलाइनलाई सार्थक बनाउने दौरानमा छौ।हाम्रो सहकार्य सधै कांग्रेस जिताउने कुरामा हुन्छ चाहे हामी यो अधिबेशन जितौ या हारौ त्यसले कुनै मानेमा हाम्रो निरंतरतामा लगाब लगाउने छैन।हामी सधै काङ्ग्रेस जिताउने र कम्युनिस्ट हराउने अभियानमा छौ।
७- अन्त्यमा सबल पोस्ट अनलाईन मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
म २५ बर्षको मेरो राजनैतिक दौरानमा पहिलोपटक केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुँदै चुनाब लड्न जाँदै छु।स्याङ्जा क्षेत्र न।२का सबै जसो क्षेत्रीय प्रतिनिधिले आफ्नो विवेकको प्रयोग गर्नुहुनेछ भन्ने मलाई पुर्ण बिश्वास छ।सुबिचारले माझिएको,युवा सोच भएको सुदृढ कांग्रेस निर्माणका लागी सबै क्षेत्रीय प्रतिनिधिको मत अमुल्य हुनेछ।सामान्य नागरिकका जनजिबिकाका सबाल देखि समाजिक सुधारका तमाम सबाल लाई लिएर हाम्रो पुस्ताले गाउँ देखी जिल्ला हुँदै केन्द्र सम्म प्रश्न गर्ने सामर्थ्य राख्ने र समस्या समाधानका लागी सतिसाल भएर उभिने पुस्तालाई महाधिवेशन प्रतिनिधिका रुपमा सम्पुर्ण क्षेत्रीय प्रतिनिधिले जिताउँनुहुनेछ भन्ने मलाई पुर्ण बिश्वास छ।मलाई आशा र कांग्रेसको सुदृढीकरणका मानेमा र मेरो संमान छ मेरा अबिभाबकमा र मेरो बिश्वास छ पुस्तान्त्रणमा,यो पटक कांग्रेसमा केहि नयाँ हुनेछ।धन्यवाद












