राप्ती गाउँपालिका अन्तरगत गठित नेपाल निजामति कर्मचारी युनियनको पहिलो बैठक सम्पन्न भएको छ ।
नेपाली काग्रेसको शुभेच्छुक संस्था को रुपमा रहको नेपाल निजामति कर्मचारी युनियन राप्तीका अध्यक्ष मंगल प्रसाद चौधरीको अध्यक्षतामा भएको पहिलो बैठकले चार विषयमा रहेर निणर्य गरेको सचिव बासुदेव खनालले जानकारी दिनुभएको छ ।
गत कार्तिक १३ गते छनौट भएको नेपाल निजामति कर्मचारी युनियन राप्ती गाउँपालिका कार्यसमितिको पहिलो बैठकले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा युनियनले नेपाली काग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, शोभाराम रिजाल, पुर्व प्राध्यापक देव नारायण चौधरी, समाजसेवी भिम मरासीनी र नेपाली काग्रेस राप्ती गाउँपालिकाका सचिव तथा सन्चारकर्मी तिर्थराज ज्ञवालीलाई प्रेस सल्लाहकारको रुपमा चयन गरेको छ ।
बैठकमा युनियनको कार्यालय मौरीघाट खीनैटा स्थीत पार्टि कार्यालयको भवनमा स्थापना गर्ने र ब्यवस्थीत फर्निचरको ब्यवस्था गर्ने निणर्य गरिएको छ । बैठकमा मानव सेवार्थ मंसीर महिनामा रेडक्रस संग समन्वय गरि रक्तदान शिवीर र मंसीर ११ गते परिचयात्मक कार्यक्रमको आयोजना गर्ने समेत निणर्य गरिएको छ ।









