सुरेस परियार,कार्तिक २८ सैनामैना- प्रदेश स्तरिय लुम्बिनी कृषि तथा पशुपंक्षि बिकास सहकारी लिमिटेडको एक कार्यक्रम बिच शुभारम्भ गरिएको छ ।महान किसान,रास्ट्रका शान भन्ने उदेश्य सहित सैनामैना र बुटवल उपमहानगरपालिकाका दुईवटा वाड,छिमेकी जिल्ला समेट्ने गरि यो सहकारी स्थापना गरिएको संस्थाका प्रबन्ध निर्देशक प्रेम प्रसाद पौडेलले जानकारी दिए ।कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले नगरपालिका भित्र धेरै सहकारी खुल्दै गएको बताउँदै सहकारिमा केही दक्ष जनशक्तिको अभाव देखिएको उल्लेख गरेका छन् । सहकारीहरु उद्यमीहरुको साझा संस्था बन्नुपर्नेमा जोड दिदै मौलिक उत्पादनको क्षेत्र भनेकै कृषि भएको ठोकुवा मेयर कार्किले गरे ।
पछिल्लो समय कृषियोग्य जमिनलाई खण्डिकरण गरेर पलटिङ गरेको बताउदै अनुउत्पादक क्षेत्रमा फजुल खर्च भएकोप्रती चिन्ता व्यक्त कार्कीले गरे । कृषिको बिकासका लागि राष्ट्रिय निति बनाउने आबश्यक देखीएको उल्लेख गरे ।कोरोना संक्रमणका कारण कृषि क्षेत्र बढि प्रभावित भएको तर्क गर्दै शिघ्र नै नगरपालिकाले नगरस्तरीय कृषि समन्वय समिती बनाउन लागेको जानकारी दिए ।रोजगारि सृजना गर्न कृषिलाई माथी उठाए पुग्ने विश्वास समेत ब्यक्त मेयर कार्कीले गरेका छन् ।
यस्तै कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि,स्वास्थ्य,सहकारी,सामाजिक क्षेत्रको बिकासले मात्र समृद्धिको दिशा पहिलाउन सकिने औँलाएका छन् । यी क्षेत्रमा नगरपालिकाले बजेट बिनियोजन गर्दै बिकासको कार्यलाई निरन्तरता दिएको अधिकृत पन्थीले उल्लेख गरे । कृषि ंसंग सम्बन्धित योजना र ऐनलाई कार्यान्वयन गर्ने कुरामा कर्मचारीले कुनै कसर नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।कृषि बिकास बैंक मुर्गियाका प्रमुख भोजराज पौडेलले कृषिलाई डिजिटलाइजेसन गर्न लागिएको बताएको छ्न ।कृषि बिकास बैंकको सक्रियतामा कृषि एप्स सन्चालन गर्न लागिएको बताउदै अब कृषि र किसानको हितमा सूचना प्रबाह गर्ने हुने तर्क गरे । कृषि तथा पशुपंक्षिको क्षेत्रमा विकास गर्न यस सहकारी संग कृषि बैँकको सहकार्य रहने बताए ।
यस्तै,कार्यक्रममा उपभोक्ता हित संरक्षण समिति सैनामैनाका अध्यक्ष दुर्गा गौतम,सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का,सैनामैना ब्यापार संघका गणेश भुषाल,सहकारीका संस्थागत सेयर सदस्य ईश्वरी भण्डारी लगायतले बोलेका थिए ।सोही अवसरमा केहि जेष्ठ कृषि सेयर सदस्यलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सैनामैना नगरपालिका वडा न.३का वडा अध्यक्ष रत्न बहादुर पौडेल,वडा न.४का वडा अध्यक्ष धन बहादुर कार्की लगायतलको आतिथ्यता रहेको थियो ।आइतबार(आज) सैनामैना वडा न.४ स्थित मुर्गिया सहकारीको प्राङगणमा भएको कार्यक्रम सस्थाका अध्यक्ष सुनिल अर्यालको अध्यक्षता रहेको थियो ।








