काँग्रेस महाधिवेशनका लागि व्यवस्थापन समिति गठन, सातै प्रदेशमा संयोजक पनि तोकियो

प्रकाशित मिति:

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले बताए ।यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताहरुलाई संयोजक तोकिने छ । १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने गरी निर्णय भएको छ ।

नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाइएको बताइएको छ ।पदाधिकारी बैठकमा भएको सहमति केन्द्रीय कमिटी बैठकमा पेश भएर अनुमोदन हुने काँग्रेस नेताहरुले बताएका छन् । बैठक देउवाको नीति निवास बूढानीलकण्ठमा सुरु भएको छ ।