सर्वोच्चमा दिनहुँ धर्ना

प्रकाशित मिति:

काठमाडौं– दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले सर्वोच्च अदालतको प्रवेशद्वारमा आइतबार पनि धर्ना दिए ।

प्रधानन्यायाधीशलाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले अदालतमा धर्ना दिएका हुन् । गत शुक्रबार पनि प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए ।

सर्वोच्चमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । प्रधानन्यायाधीशको विरोधमा रहेका न्यायाधीशहरू समेत तोकेको इजलासमा बसेका छैनन् । मुख्य प्रवेश द्वारमा कानून व्यवसायीहरूले धार्ना दिएपछि वैकल्पिकद्वारबाट प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश गर्नु भएको थियो ।

थप समाचार