विश्वासको मत लिन मुख्यमन्त्री राईले प्रस्ताव दर्ता गराए

प्रकाशित मिति:

विराटनगर ‌। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लिन आज प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । प्रदेश‌सभा सचिवालयकाअनुसार आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गराइएको छ ।

प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । प्रदेशसभा प्रस्ताव दर्ता गराएको दुई दिनपछि विश्वासको मत लिनुपर्ने प्रावधान छ ।अब मुख्यमन्त्री राईले मंगलबार मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् ।गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने राईले तयारी गरेका छन् ।

९३ जना प्रदेशसभा सदस्य ९हाल ९२० रहेको छ । बहुमत पुर्‍याउन ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ५० सांसद छन् । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एस०, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा छन् ।‌ विपक्षमा नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।