काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

प्रकाशित मिति:

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएको छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन काँग्रेस हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने छ ।

२३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना गरिनेछ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब कुनै जिल्लामा अधिवेशन हुन नसकेपनि केन्द्रीय महाधिवेशन नरोकिने बताए ।