काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच चर्काचर्की भएको छ । आइतबारको केन्द्रीय समितिको बैठकमा नेता सिंहले न्यायालयमा देखिएको विवादबारे सभापति देउवालाई बोल्नुपर्ने भनेका थिए ।गठबन्धन सरकार तपाईंको नेतृत्वमा छ । न्यायालय बोल्छ, मिलाउँछ भनेर हुँदैन । गठबन्धन र सरकार बोल्नुपर्यो । चुप लागेर बसेर भएन । न्यायालय स्वतन्त्र छ भनेर मात्र भएन, हामीले केही नबोल्नु राम्रो भएन, उनले भनेका ।
उनले सरकारलाई प्रभावकारी रूपमा सञ्चालनका लागि पार्टीमा छलफल गर्नुपर्ने पनि बताएका थिए । ूगठबन्धन सरकारले राम्रो काम गर्न पार्टीमा छलफल गर्नुपर्यो । कम्युनिस्टले सरकार चलाएको म्यासेज गयो,उनले भनेका थिए ।जवाफमा देउवाले आफूले सबैसँग समन्वय गरेर काम गरिरहेको बताए । समन्वय गर्ने हो, अन्डर्स्ट्यान्ड छ । यो सरकार लामो पनि होइन । राष्ट्रियसभा निर्वाचन टार्गेगेट गरेको हो, देउवाले भने ।
नेता सिंहले फेरि निर्वाचनमा पनि तालमेल हुन्छ भन्ने आइरहेको छ नि रुु भनेर प्रश्न गरेका थिए ।जवाफमा देउवाले चुनावबारे कुरै नभएको जिकिर गरे । यहाँ सुन्नुहोस् सरकार त रहन्छ, चुनावी गठबन्धन हुन्छ कहाँ भनेको छुँ मैले । निर्णय भएको छैन के । चुनावको कुरै भएको छैन ।ू








