प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न भन्दै १९ न्यायाधीशलाई बारले पठायो पत्र

प्रकाशित मिति:

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले तोकेको इजालसमा नबस्न भन्दै सर्वोच्च अदालका १९ न्यायाधीशहरुलाई छुट्टाछुट्ट पत्र पठाएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइरहेको बारले आइतबार पत्राचारमार्फत् विवादित प्रधानन्यायाधीशले तोकेको नबस्न १९ न्यायाधीशहरुलाई आग्रह गरेको हो ।बारले प्रधानन्यायाधीश जबराको राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएको छ ।

आन्दोलनमा रहँदा बारमाथि प्रश्न उठेपछि त्यसको सम्पूर्ण जवाफ दिन बारले श्वेतपत्र जारी गर्ने पनि बताइएको छ ।