नेपाल पंक्षी संरक्षण संघमा नया नेतृत्व,चरा र पर्याबरणको संरक्षणमा योगदान

प्रकाशित मिति:

२८ कार्तिक,कञ्चन- सन् १९८२ देखि चरा र पर्यावरणको संरक्षणमा काम गर्दै आएको नेपाल पंक्षी संरक्षण संघ ९बिसिएन०मा नया नेतृत्व सहित नया कार्य समिति निर्वाचित भएको छ। संघको ३९ औं बार्षिक साधरण सभाले प्राध्यापक करनबहादुर शाहको अध्यक्षतामा नया कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो। साधारणसभाले शाह सहित ११ जनालाई केन्द्रीय कार्यकारी परिषद्‌मा निर्विरोध निर्वाचित गरेको छ ।

२७ गते शनिबार सम्पन्न साधरण सभाले उपाध्यक्षमा विमलकुमार थापा, महासचिवमा अशोकबहादुर मल्ल, सहसचिवमा सरिता ज्ञवाली, कोषाध्यक्षमा राजकुमार राई चयन भएका छन्। यस्तै, सदस्यहरूमा प्रेमबहादुर बुढा, सुदर्शन कार्की, जयनाथ भण्डारी, दीपक श्रेष्ठ, रमेश चौधरी र अनिता गुरुङ सर्वसम्मत रुपमा चयन भएका हुन्। नेपाल पंक्षी संरक्षण संघ ९बीसीएन०ले नेपालमा चरा र पर्यावरणको संरक्षणसंगै गिद्ध संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघले नेपालका ३० भन्दा बढी जिल्लाहरूमा काम गर्दै आएको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिनु भएको छ।