बारलाई सर्वोच्चका न्यायाधीशको ‘ब्रिफिङ’– गोलाप्रथा लागू भए इजलासमा जानुपर्ने हुनसक्छ

प्रकाशित मिति:

काठमाडौं– सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुले गोलाप्रथा (अटोमेशन) प्रणालीबाट पेसी तोक्न सुरु गरिए मुद्दाको सुनुवाइमा जाने अवस्था आउने बताएका छन्। बुधबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा सर्वोच्चका आन्दोलनरत न्यायाधीशहरुले अटोमेशन लागू भएमा आन्दोलनसँगै सुनुवाइमा पनि जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन्।

मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग कुराकानी गर्ने क्रममा सर्वोच्चका १३ जना न्यायाधीशहरुले आन्दोलनसँगै मुद्दाको सुनुवाइलाई पनि अगाडि बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका हुन्।प्रधानन्यायाधीशको राजीनामाको माग त छँदै छ। सँगसँगै अटोमेशन ९गोलाप्रथा प्रणाली० लागू भयो भने मुद्दाको सुनुवाइमा पनि जानुपर्ने हुनसक्छ,ु बारका पदाधिकारीसँग न्यायाधीशहरुले गरेको ब्रिफिङबारे जानकारी दिँदै मंगलबारको बैठकमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले भने।

तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको अजेण्डाबाट भने पछि नहट्ने आन्दोलनरत न्यायाधीशहरुको भनाइ छ। यस्तै, राणा सँगको संयुक्त इजलासमा पनि नबस्ने उनीहरुको भनाइ छ।प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू गर्ने सम्बन्धमा अदालतको पूर्ण बैठक ९फूल कोर्ट० बोलाएमा सहभागी हुने न्यायाधीशहरुको भनाइ छ।